२४ असार २०८३, बुधबार

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई जना मन्त्री नियुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १६ जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । पाण्डेले विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाउनु भएको हो ।

थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।