
काठमाडौं, १७ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरूद्वको रिटको सुनुवाई स्थगित भएको छ ।
लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईलेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँले महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाउनु भएको छ ।
महान्यायाधिवक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराउनु भएको हो । लामिछानेमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने उहाँको माग छ ।












प्रतिक्रिया