तनहुँ, ५ असार । विसं २०७१ को एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तनहुँमा एक छात्राले शनिबार आत्महत्या गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार भानु गाविस वडा नं २ निवासी १७ वर्षीया मनिषा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।
उनले आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेकी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया