३० आश्विन २०८३, शुक्रबार

एनआरएनए कतारको प्रथम उपाध्यक्षमा गुरुङको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prabin gurung

– घनश्याम पराजुली
दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको २०१५– २०१७ कार्यकालका लागी कतारमा विगत लामो समयदेखी व्यवसाय गर्दै आएका परिषद सदस्य प्रविन गुरुङ्गले प्रथम उपाध्यक्षका लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

चित्रवन नगरपालिका ९ गुन्जानगर चितवनका गुरुङ्ग विगत सन् २००९ देखी कतारमा व्यवसाय गर्दै आईरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दे आईरहेका उनले युवाहरुलाई एकवद्ध बनाई अगाडी बढ्नका लागी आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताए ।

कतार देखी गाउँका विभिन्न संघसंस्थाहरुमा उनले बर्षेनी सहयोग गर्दै आईरहेका छन् । सन् २०११ सालमा एनआरएनए कतारको पुँजीकृत सदस्यता लिएका थिए । उनले कतारमा रहेर युवा जमातको प्रतिनिधित्व गर्दै नेपालको पुनःनिर्माणमा सघाउने बताएका छन । उनले एनआरएनएले उठाएको नेपालको पुनःनिर्माण कार्यलाई कतारबाट प्रतिनिधी बनेर देखाउने जनाएका छन् ।

विशुद्ध सामाजिक भावनाका साथ अगाडी बढ्न लागेको बताउने गुरुङ्गले कतारमा नेपाली समुदायबीच देखिएको विभेदका विरुद्धमा आवाज उठाउदै यहाँ स्थापित सबै संघसंस्थाहरुलाई एकजुट बनाएर नेपालीको छुट्टै पहिचान स्थापित गर्नका लागी आफु समाजीक संस्थामा रहेर काम गर्ने बताएका छन् ।

उनले पत्रकारहरुसँगको भेटघाटमा भने ‘एनआरएनए हामी प्रवासीहरुको विशुद्ध सामाजिक संस्था हो तर हामीले यहाँ कार्यरत नेपालीहरुलाई विस्वास दिलाउन नसकिरहेको अवस्थामा मैले आफ्नो ठाउबाट सक्दो पहल गरी यो हामी प्रवासी नेपालीको साझाँ संस्था हो भनेर चिनाउने प्रयास गर्ने छु । ’ आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले कतारमा नेपाली समुदाय धुर्बिकरण हुदै गईरहेकोमा चिन्ता व्यक्त गरे ।

एनआरएनए कतारको आर्थिक चलखेलका कुराहरु सुनिन्छन तर यसको यथार्थ के हो कोही बोल्न सक्दैनन् । यस्ता किसिमका चलखेलहरु रोक्न हामी जस्ता युवाहरु संस्थामा रहेर काम गर्नुपर्छ । अनियमीतालाई रोक्नु पर्छ । आर्थिक पारदर्शिता मेरो पहिलो एजेण्डा हुने छ ।
यहाँ स्थापित संघसंस्थाहरु र कार्यरत युवाहरुलाई एकिकृत बनाएर अघाडी बढाउनमा हामीले पहल गर्ने छौ उनले भने ।

कतारमा अहिले उनका ३ वटा कम्पनीहरु छन । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए । उनी मेहनत र लगनशिलता नै सफलताका खुट्कीलाहरु रहेको बताउछन् । विभिन्न जटिल अवस्थाको सामना गदै आज यहाँ सम्म आईपुगेको उनी बताउछन् ।

धेरै पहिला देखी नै सामाजिक सस्थाहरुमा काम गर्ने इच्छा थियो तर त्यहाँ गएर मुर्तीको रुपमा खडा हुन मन लागेन् । कुनै पनी काम गर्दा आर्थिक समृद्धता अती नै आवश्यक हो त्यसैले व्यवसायमा केही गरिरहदा अव सामाजिक बन्नु पर्छ । नेपाल र नेपालीका लागी केही गर्नु पर्छ भन्ने भावनाले एनआरएनएको कार्यसमितीमा बसेर काम गर्ने इच्छा रहेको उनको भनाई छ ।

उनले कतारमा सम्सरा थकाली भान्साघर समेत खोलेका थिए । अहिले उनले ग्रिन ग्रास ट्रेडिङ्ग एण्ड कन्ट्याक्टिङ्ग, ह्वाईट कार्पेट क्लिनिङ्ग एण्ड हस्पिटालिटी र ह्वाईट मुन क्लिनिङ्ग एण्ड हस्पिटालिटी नामक कम्पनीहरु सन्चालन गरी नेपालीहरुलाई रोजगारीको अवसर दिईरहेका छन् ।