११ असार २०८३, बिहिबार

सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेका हुन्, बढ्ता हल्ला गर्न जरूरी छैन : प्रधानमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ पर्नुभएको बताउनुभएको छ ।

आज ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सिरोहियाप्रति सरकारको कुनै रिसइबी नरहेको र अदालती प्रक्रियाबाट पक्राउ पर्नुभएको बताउनुभएको हो ।

‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले। यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, उहाँले भन्नुभयो ।

सिरोहियासँग सरकारले रिसइबी साँधेको भन्ने कुरा गलत भएको उहाँले स्पष्ट पार्नुभयो ।