
काठमाडौं, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ ।
इरानको मेहर समाचार एजेन्सीले राष्ट्रपति इब्राहिम, विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको पुष्टि गरेको हो ।
राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर आइतबार खराब मौसमका कारण दुर्घटनामा परेको थियो ।
हेलिकप्टरमा इरानका राष्ट्रपति रायसीसहित विदेशमन्त्री अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेम रहनुभएको थियो ।
खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले हेलिकोप्टर इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको थियो ।







प्रतिक्रिया