
बैतडी, ७ वैशाख । डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन् ।
बैतडीको पाटन नगरपालिका-६ रोडाखोलास्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतबार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आउनुभएका जैरु दुई दिनदेखि सम्पर्कविहीन रहनुभएको थियो ।
उहाँको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटनबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया