
काठमाडौं, ५ जेठ । सुदूरपश्चिम प्रदेशको मुख्यन्यायाधिवक्तामा धनगढीका चन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री दीर्घ सोडारीको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले उहाँलाई मुख्यन्याधिवक्तामा नियुक्त गर्नुभएको हो ।
संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
शनिबार प्रदेश प्रमुख मियाँको उपस्थितीमा उच्च अदालतका डोटी दिपायलका मुख्य न्यायाधीस शान्ती सिंह थापाले नवनियुक्त मुख्यन्यायाधिवक्ता शाहीलाई शपथ ग्रहण गराउनुभयो ।








प्रतिक्रिया