
रामेछाप, ५ जेठ । रामेछापमा नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा कुटाकुट भएको छ । ढुंगामुढासमेत भएको घटनामा केही नेता कुटिएका छन् भने केही नेतालाई कार्यकर्ताहरुले कार्यक्रम स्थलबाट लखटेका छन् ।
शनिबार खाँडादेवी गाउँपालिका-८ गाल्बा बजारमा आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि जिल्ला अधिवेशन स्थगित पनि भएको छ ।
कार्यक्रमबाट भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको छ ।
कार्यक्रममा कुटपिटबाट कांग्रेस नेताहरु जितबहादुर मगर र बेनबहादुर तामाङ घाइते हुनुभएको छ । मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार हुनुहुन्थो भने हाल कांग्रेस बागमती प्रदेश सदस्य हुनुहुन्छ ।
कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका हुन् ।
कुटाइबाट केही नेता रक्तामत्य भएका छन् । चौलागाई र थोकरप्रति पहिलेदेखि नै कार्यकर्ता असन्तुष्ट रहेको र लोकप्रिय व्यक्तिलाई नेतृत्व नस्वीकार्ने भनेपछि विवाद बढेको बताइएको छ ।








प्रतिक्रिया