१२ श्रावण २०८३, मंगलबार

२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु

19k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती युवतीको नाम जोरया टेर बेक हो ।

उहाँ जर्मनीको सिमाना नजिकै नेदरल्याण्ड्समा बस्नुहुन्छ । उहाँले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गर्नुभएको थियो । द गार्डियनका अनुसार यो महिना उहाँको मृत्यु हुनसक्छ ।

जोरया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहनुभएको छ । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पर्‍याउँछ । उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ ।

जोरयाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गर्नुभएको थियो । तर, उहाँ शारीरिक रूपमा पूर्ण रूपमा फिट हुनुहुन्छ । यस्तो अवस्थामा उहाँको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ ।

मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन् । जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार हुनुहुन्थो । जोरयाले द गार्डियनलाई बताए अनुसार उहाँको समस्या बाल्यकालबाट सुरु भएको थियो । उहाँ क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थाल्नुभयो । यसबाहेक उहाँलाई अटिजमको समस्या पनि थियो । यसैमा उहाँ आफैलाई दुःखी बनाउन थाल्नुभयो ।

जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी)को ३० भन्दा बढी उपचार गराउनुभयो । यसमा बिरामीलाई विद्युतीय झटका दिइन्छ । तर उहाँको स्वास्थ्यमा कुनै सुधार नआएको जोरयाले बताउनुभएको छ ।

१० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरयाले बताउनुभयो । त्यसपछि उहाँले इच्छामृत्युका लागि आवेदन दिनुभएको थियो । उहाँले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताउनुभयो ।

इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो । त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो ।

नेदरल्याण्डमा इच्छामृत्युको लागि स्वीकृति पाएपछि डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन् । यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको मृत्यु हुन्छ ।

विशेष कुरा यो हो कि यो मामिला मृत्युपछि पनि छानबिन हुन्छ । चिकित्सकको तर्फबाट अलिकति पनि लापर्बाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ ।

सन् २०२२ मा नेदरल्याण्ड्समा यस कानुनी विधिबाट कुल ८ हजार ५ सय १ जनाले इच्छामृत्यु रोजेका थिए ।