२८ आश्विन २०८३, बुधबार

कानुनी अस्पष्टताले चेक अनादर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cheque-adaalatकाठमाडौं, २४ जेठ । कानुनी अस्पष्टताका कारण चेक अनादर समस्या बढेको सम्बन्धित विज्ञले बताएका छन्।

चेक अनादर हुँदा विशेषगरी तीनवटा कानुन आकर्षित हुने भए पनि कुनबाट मुद्दा चलाउने भन्ने विषय स्पष्ट नभएको विज्ञले बताएका छन्। सामान्यतया खातामा रकम नभएको अवस्थामा चेक बाउन्स हुनुलाई अनादर भनिन्छ।

‘बैंकिङ कसुरमा अहिलेसम्म १८ अर्ब बिगो बराबरको मुद्दा चलिसकेको छ, यो सम्पूर्ण चेक अनादरको १० प्रतिशतमात्र हो,’ राष्ट्रिय बैंकिङ प्रतिष्ठान र पुनरावेदन अदालत पाटनले संयुक्त रुपमा गरेको कार्यक्रममा चेक अनादरको मुद्दालाई आफूअनुकुल प्रयोग गरिँदै आएको अधिवक्ता विनय रेग्मीले बताए। रेग्मीले ुचेक अनादरः कानुनी व्यवस्था र व्यवहारु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

चेक अनादर भएमा विनिमय अधिकारपत्र ऐन २०३४, मुलुकी ऐन ठगी महल र बैंकिङ कसुर तथा सजाय ऐन २०६४ आकर्षित हुने बताउँदै उनले आफू अनुकुल मुद्दा चलाउँदै आएको बताए। यसमध्ये सबैभन्दा धेरै मुलुकी ऐनअन्तर्गत मुद्दा चलेको उनले जानकारी दिए।

कारबाहीको प्रकृति र दण्ड जरिवानाको व्यवस्था हेर्दा पीडकलाई पनि बढीभन्दा बढी कष्ट पुगोस् भन्ने मनसायले ठगी महल र बैंकिङ कसुरसम्बन्धी ऐनलाई समेत टेकेर कारबाही गर्ने देखिएको रेग्मीले बताए। नागरिक दैनिकबाट