काठमाडौं । निःशुल्क व्याजदरमा ऋण दिने प्रलोभन देखाएर एक बैंक म्यानेजरले व्यूटी पार्लर सञ्चालिका महिलासँग शारीरिक सम्बन्ध राखेका छन् ।
जुलानामा ब्यूटी पार्लरका लागि ऋणको प्रलोभन देखाएर बैंक म्यानेजरले महिलासँग सहमतिमै शारीरिक सम्बन्ध राखेको र ऋण नदिएपछि बलात्कार गरेको भनी उजुरी परेको हो ।
महिलाले बलात्कार गरेको आरोपमा म्यानेजर विश्वजीत सैनीले शारीरिक सम्बन्ध राखेको र ऋण नदिने भनेपनि सहमतिमै सम्बन्ध राखेको घटनाको कसैलाई पनि बताए ज्यान मार्ने धम्की दिएका थिए ।
महिलाले ब्यूटी पार्लरका लागि ऋण आवेदन स्टेट बैंक आफ इण्डियाको मुख्य शाखामा बुझाएकी थिईन् । जसका लागि उनले म्यानेजर विश्वजीतसँग सम्पर्क रोखकी थिईन् । म्यानेजर विश्वजीतले ती महिलाको घरमै गएर प्रमाणहरु तथा सबै औपचारिक प्रक्रियाहरु पुरा गर्ने तरिका बताए ।
महिलाको आरोप छ कि दोस्रो दिन सोमबार राति विश्वजीत उनको घरमा पुगे र उनीसँग सित्तैमा ऋण दिने भन्दै शारीरिक सम्पर्क राखे । त्यसपछि म्यानेजर विश्वजीत महिलाको सम्पर्कमा आएनन् ।
आफूसँग शारीरिक सम्पर्क राखेर धोका दिएको भन्दै ति महिलाले प्रहरीमा बलात्कार गरेको उजुरी दिएकी हुन् । प्रहरीले म्यानेजर विश्वजीतविरुद्ध मुद्दा दर्ता गरेको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एजेन्सी













प्रतिक्रिया