२८ आश्विन २०८३, बुधबार

४० वर्षपछि नेपाल टेक्दै सुकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sukiकाठमाडौ, २४ जेठ । दूधे बालक र अनुसन्धानकर्ता पतिका साथ ४० वर्षअघि नेपाल आएकी थिइन्, उनी । त्यतिबेला नेपालका सहरदेखि कुनाकन्दरासम्म पुगेकी नोबल विजेता आङसाङ सुकी चार दशकपछि अर्को साता फेरि आउँदै छिन् । यसबीचमा उनले पटक-पटक गर्दै २१ वर्ष घरमै नजरबन्दमा बिताउनुपर्‍यो ।

म्यानमारमा भएको बिमस्टेक सम्मेलनमा गत मार्चमा प्रधानमन्त्रीले नेपाल भ्रमणको निम्तो दिएका थिए । बीपी कोइराला मेमोरियल ट्रस्टका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बीपीको शताब्दी समारोहमा सहभागी हुन उनलाई डाकेका थिए । सरकारले बुधबार सुकीलाई औपचारिक निम्तो पठाई भ्रमणलाई राजकीय सम्मान दिने निर्णय लिएको छ । उनका साथमा स्वकीय सचिवलगायत अन्य तीन जना पनि आउँदै छन् ।

सन् १९६० मा भारतका लागि बर्माको राजदूत आमा खिन चीसँगै सुकी पनि दिल्ली आएकी थिइन् । विद्यालयपछिको थप शिक्षा त्यहीं पूरा गरिन् । त्यतिबेला नेपालमा बर्माको छुट्टै दूतावास नभए पनि दिल्लीबाट कार्यभार सम्हालिन्थ्यो । त्यसैबेला सुकी पनि आमासँगै पहिलो पटक नेपाल आएकी थिइन् । कान्तिपुर दैनिकबाट