तिम्ल्याहाका डाक्टर सौगात, सौजन र सौरज देवकोटाका धेरै रुची मिल्छन् । धेरै कुरामा समानता छ । उनीहरुले कुनैबेला केटी समेत एउटै मन परेको बताएका छन् ।
उनीहरुका रुचीका विषयमा गरेको प्रश्नमा सौजनले भने, ‘कुनैबेला केटी समेत एउटै मन पथ्र्याे ।’ सँगै आमावुवा देखेपछि लजाउँदै उनले तीन भाईले यस विषयमा सहमति खोजेको बताए । अहिले भने उनीहरुले फरक केटी रोज्ने गरेको खुलाए ।
वुवाआमाको रोजाइमा पहिरन लगाउने उमेरसम्म एउटै खालको पहिरन लगाए । पछि उनीहरुलाई फरक देखिने चाहना हुन्थ्यो तर एउटै कलरको उस्तै पहिरन सबैलाई मन परेर हैरान हुन्थ्यो । कान्छा सौरजले भने, ‘सामूहिक पहिचानबाट आफ्नै पहिचान बनाउने भनेर फरक लुगा लगाउने सोचिन्थ्यो । तर, एउटै कलर र उस्तै डिजाइन मन पर्दा अप्ठ्यारो पथ्र्याे ।’
अचेल उनीहरु फरक रंगको पहिरन लगाएर मात्रै सँगै हिड्छन् । पढाइमा अब्बल छँदैछन् । उनीहरु खेलकुद गायन र मोडलिङमा समेत रुची राख्छन् । तीन जनाकै स्वर दुरुस्तै छ । तर, गीत गाउँदा एकअर्काको आवाज सुनेर समेत आनन्द लिन्छन् । सौरभले भने, ‘साथीहरु अनुहार नदेखेसम्म कसले गीत गुनगुनाउँदैछ भन्नेसम्म पत्तो पाउदैनथे ।’
एउटालाई मन परेको गीत समेत तीनजनालाई मन पर्ने माइला सौजनले बताए । वुवा शिवप्रसाद देवकोटा भने एउटै विषयमा सबैको समान रुची भएकैमा दंग पर्थे । भने, ‘छोराहरुलाई हामीले भेदवभाव गरेको जस्तो देखिएला भनेर साह्रै चिन्ता लाग्थ्यो ।’ उनीहरुकी आमा सकुन्तलाले सन्तुष्टि पोखिन्, ‘हामीले समान व्यवहार गरेर यहाँसम्म पु¥यायौँ, अब अघि आफ्नै तरिकाले बढ्छन् ।’ स्वास्थ्य खबरपत्रिकामा समाचार छ ।














प्रतिक्रिया