३० आश्विन २०८३, शुक्रबार

इलाम–२ : सुहाङले डम्बरसँगको मतान्तर घटाए, मिलनले उछिने डकेन्द्रलाई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १६ बैशाख । इलाम क्षेत्र नम्बर-२ को जारी मतगणनामा फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सकिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङले नेपाली काँग्रेसका डम्बर खड्कासँगको मतान्तर घटाउनुभएको छ । कांग्रेसका उम्मेदवार खड्काले १६ सय ५८ मत प्राप्त गर्नुभएको छ भने एमालेका सुहाङले १६ सय ३० मतसहित मतान्तर घटाउँदै पछ्याइरहनुभएको छ ।

उहाँहरूबीच २८ मतको मात्रै अन्तर छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ४ सय ३० मत पाउनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई उछिन्नुभएको हो ।

चौथो स्थानमा धकेलिनु भएका थेगिमले ३ सय ८ मत पाउनुभएको छ ।