३० आश्विन २०८३, शुक्रबार

बझाङमा-१ (१) : एमालेका भण्डारी झण्डै दोब्बर मतले अगाडि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १६ बैशाख । उपनिर्वाचन अन्तर्गत बझाङ-१ (१) को मतगणना जारी छ ।

मतगणनामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले मतान्तर फराकिलो बनाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँ निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ ।

छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गणना सकिँदा एमालेका भण्डारीले १३०३ मत पाउनुभएको छ । यस्तै, उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत पाउनुभएको छ ।