२९ आश्विन २०८३, बिहिबार

यी हुन १८ वर्षीया छोरीका बाबु, जस्ले १५ प्रेमिका बनाएर उनीहरुकै पैसामा मस्ती गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tian_stands_on_trial_at_a_Beijing_court_905093511

काठमाडौं । बाँच्नका लागि मानिसलाई पैसाको आवश्यकता पर्दछ । त्यो आवश्यकता पुरा मानिसले विभिन्न तरिका अपनाउने गर्छ ।

त्यसमध्ये एउटा तरिका हो प्रेमिका बनाउने । चीनमा एक युवकले पैसाका लागि उनीहरुसँग प्रेमको नाटक गरी मस्ती गर्दै आएको खुलासा भएको छ ।

यो खुलासा बुधबार प्रहरीले १५ जना प्रेमिका बनाउने पुरुषलाई पक्राउ गरेपछि भएको हो । पैसाका लागि कलेज र विश्वविद्यालयका युवतीसँग डेटिङमा जाँदाजाँदै उनकी प्रेमिकाको संख्या १५ पुगेको हो ।

उनी हुन् ४१ वर्षीय तियान । उनी राजधानी बेइजिङ बस्छन् । बुधबार प्रहरीले उनलाई एक होटलबाट पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको समाचार एजेन्सीले जनाएका छन् ।

तियानले १५ जना प्रेमिकाबाट चार वर्षमा तीन लाख ५० हजार युआन ठगी गरेका छन् । यसका अलावा उनले प्रेमिकाबाट पकेट खर्च पनि थुप्रै उडाएका छन् । पैसा लिएर तियान प्रेमिकाको सम्पर्क आउन छाडेपछि उनीहरुको उजुरीका आधारमा उनलाई गठी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

१८ वर्षीया छोरीका बाबु तियान लक्जरी कम्पनीका कार्यकारी प्रमुख पदमा कार्यरत छन् । सामाजिक सञ्जाल क्युक्युबाट उनले ती युवती सम्पर्क गरी प्रेमिका बनाएका थिए ।

उनलाई ठगी आरोपमा प्रहरीले मुद्दा चलाएको छ । उनले दुई विश्वविद्यालयबाट डिग्री पास गरेका थिए । एजेन्सी