३० आश्विन २०८३, शुक्रबार

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको लक्ष्य

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २ सय ५ रनको रक्ष्य दिएको छ ।

शनिबार टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए ।

त्यस्तै, किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी, नेपालका बलर कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट लिएका थिए ।