२९ आश्विन २०८३, बिहिबार

आफ्नो नाग श्रीमान मारेको बदलामा नागिनले लिइन युवकको ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagen-attack

काठमाडौं । नागलाई मार्ने व्यक्तिको तस्वीर नागिनको आँखा घुमिरहन्छ र उनी त्यसको बदला लिनका मौका छोपिरहेकी हुन्छिन् । धार्मिक मान्यता अनुसार नागिनले जीवनकाल कुनै न कुनै दिन बदला लिने गरेको बताईन्छ ।

उत्तर प्रदेशको बुलन्दशहरको पहासू क्षेत्रमा यो परम्परागत किवदन्तीलाई प्रमाणित गर्दै एक नागिनले आफ्ना जीवनसाथी नागको हत्याका आरोपीलाई डसेर मृत्युको मुखमा पुर्‍याएकी छिन् ।

साबित गढका राजेश सिंह गहलौतले करिब ६ वर्ष पहिले एक कालो नागलाई कुटी कुटी हत्या गरेका थिए । परिवार स्रोतका अनुसार नागको हत्याको वियोगमा बौलाएकी नागिनले ६ वर्षको अवधिमा कैयौ पटक राजेशलाई डस्न प्रयास गरिन तर उनी बारम्बार जोगिँदै आएका थिए ।

तर, हिजो बेलुका नागिनले राजेशलाई त्यो समयमा डसिन जतिबेला उनी गहुँबाट निस्किएको भूसको ढेरलाई एक किनार लगाउँदै थिए ।

नागिनको डसाईबाट घाइते युवकलाई वेहासी अवस्थामा अस्पताल लगिएको थियो । जहाँ डाक्टरले राजेशलाई मृत घोषित गरे । ग्रामिण इलाकामा यो घटनाको खुबै चर्चा भइरहेको छ । गाउँलेहरु भन्छन् कि नागिनले आफ्नो नाग श्रीमानको मृत्युको बदला लिन युवको ज्यान लिएकी हुन् । एजेन्सी