८ कार्तिक २०८३, आइतबार

बोल्न नसक्ने बालिका बाख्रा चराउन गएको मौकामा जंगलमै अस्मिता लुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapped-womenसिराहा, ३ असार । बोल्न नसक्ने बालिका बाख्रा चराउन गएको बेला एक पुरुषले जंगलमै जबरजस्ती अस्मिता लुटेका छन् ।

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर–९ बस्ने ७० बर्षीय राम प्रसाद मोचीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोचीले बुधबार सोही ठाउँ बस्ने १४ बर्षीया बोल्न नसक्ने बालिकालाई बाख्रा चराउन गएको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।

सो घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले पीडक तथा पीडित दुवैलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।