२८ आश्विन २०८३, बुधबार

सामुदायिक पुस्तकालय भवन निर्माणका लागि एनआरएनए दुबईको आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRN_UAE2 उत्तम अधिकारी

यूएई । काभ्रेको पनौती नगरपालिकास्थित ज्ञान बिकास सामुदायिक पुस्तकालयको भवन निर्माण सहयोगार्थ एनआरएनए यूएईको दुबई क्षेत्रीय समितीले आर्थिक सहयोग प्रदान गरेको छ। र

बिक्रम सम्वत २०१२ मा स्थापित उक्त पुस्तकालयको भवन पुरानो भएकाले त्यसलाई भत्काएर नयाँ आधुनिक भवन निर्माण कार्य भइरहेको छ। पनौती नगरपालीका वार्ड नं ७ मा निर्माणाधीन उक्त भवन रेड नेपाल, पनौती नगरपालिका, पनौती जिविस र बिभिन्न सहयोगी संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा बन्न लागेको हो। यसका लागि एनआरएनए यूएईको दुबई क्षेत्रीय समितीका तर्फवाट अध्यक्ष दामोदर दाहालले सहयोग स्वरूप २५ हजार ५ सय ५५ रुपैयाँ नगद हस्तान्तरण गरेका हुन्।

पुस्तकालयको कार्यालय प्राङ्गणमा गत जेठ ९ गतेका दिन उक्त पुस्तकालयका अध्यक्ष महेश कुमार कर्माचार्यलाई सो रकम हस्तान्तरण गरिएको हो। यहि भाद्र २८ गते पुस्तकालयको नयाँ भवनको उद्घाटन हुदैछ।

NRN_UAE

समितिले केही समय अघि दुबईमा आयोजना गरेको नयाँ बर्ष २०७१ सालको बनभोज कार्यक्रमबाट बचेको रकमलाई सामाजिक कार्यका लागि सहयोग गरिएको जनाएको छ ।

एनआरएनए यूएईको दुबई क्षेत्रीय समितिले यस अघि पनि मानविय सेवाका क्षेत्रमा कार्यरत सहयोगी सँस्थाहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ ।