१० श्रावण २०८३, आइतबार

नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई समर्थन नरहेको पत्र

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफूहरुको समर्थन नरहेको बताउनुभएको छ ।

प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफूहरुको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन् ।

पत्रमा उहाँहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानूनी भएको स्पष्ट पार्नुभएको छ । पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताउनुभएको छ ।

पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गर्नुभएको छ । उहाँहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरी निकट हुनुहुन्छ। नाउपा भित्रको विवादका बीच आजै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेर सपथ समेत लिइसक्नुभएको छ ।