१४ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ बैशाख । सुदूरपश्चिममा नेकपा (एमाले) ले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ ।

यसअघि विकल्प खोज्न भनेको एमालेले सरकार दावी गर्ने अन्तिम समयमा सर्मथन गर्ने भएपछि सोडारीले एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीका रन्जिता पक्षका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्नुभएको छ ।

एमालेले सोडारीलाई समर्थन नगरेमा कांग्रेसको समर्थन लिएर मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारीमा सोडारी रहनुभएको थियो । सोडारीले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र एक स्वतन्त्र सांसद गरि २८ सांसदको समर्थनमा सरकार दावी गर्दै हुनुहुन्छ ।

प्रदेश प्रमुखले सरकार दावी गर्न दिएको दुई दिनको समय आज साँझ ५ बजे सकिँदै छ ।