१ श्रावण २०८३, शुक्रबार

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ पर्नुभएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरेको हो । दावा लागुऔषध कारोबार मुद्वामा फरार रहँदै आउनु भएको थियो ।

उहाँ खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको थियो ।

उहाँलाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते लागु औषध खैरो हिरोइन बेचबिखन गर्न लागेको कसुरमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।