३० आश्विन २०८३, शुक्रबार

भूकम्प सम्बन्धी सन्देश बोकेर आए बैंकर गोविन्द गुरुङ (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-Gurung1

काठमाडौँ । बैंकर गोविन्द गुरुङ भूकम्पसम्बन्धी नयाँ गीत लिएर बजारमा आएका छन् ।

गुरुङ भाषाको चलचित्रका चर्चित गायक समेत रहेका बैंकर गुरुङको स्वरमा सजिएको ‘आउ एउटा मुस्कान हाँसौँ’ बोलको गीत यसैसाता युट्युवमार्फत सार्वजनिक गरिएको हो । हरिहर तिमिल्सिनाको शब्द तथा शक्ति बल्लभको संगीत रहेको यस गीतको छायाँकन चर्चित सिने पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीले गरेका छन् ।

‘महाभूकम्पपछि धेरैले दुःख पीडाका गीत गाए, टिभीमा पनि त्यस्तै गीत देखाइयो । बाटो भत्केको, मानिस मरेको मात्रले मानिसमा झनै पीडा भइरहेको छ । त्यो पीडालाई कम गर्न र शक्तिमा बदल्ने खालको सन्देश दिने गीतसंगीतको जरुरत देखेँ । त्यही भएर सकारात्मक सन्देश दिने गरी यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।’- गायक गुरुङले दैनिक नेपालसँग भने ।

यो गीत २०६७ सालमा विमोचन भएको परिचय एल्मबमा समेटिएको छ । पेशाले सिभिल बैंकका महाप्रबन्धक भएपनि उनी गुरुङ भाषाका चलचित्रका चर्चित गायक हुन् । उनले लोक तथा आधुनिक गीतका एल्मब समेत निकालिसकेका छन् ।

हेर्नुस् भिडियोः