पाल्पा । भनिन्छ श्रीमान श्रीमती एक रथका दुई पाङग्रा हुन । यदि एकले दुईलाई साथ दियो भने जस्तोसुकै सफतला पनि पाउँन सकिन्छ । सफल हुनमा श्रीमतीको सानो हौसला नै काफि रहन्छ ।
जुन कुरा शब्द संकलक शिव पि सुवेदीको जीवनमा यथार्थ भएको छ । उनी भन्छन-‘जब जीवनमा श्रीमती प्रमिला सुवेदिको आगमन भयो तब उनको हौसलाले सफतला मिल्यो ।’
हालसम्म १ सय भन्दा बढी गीतको शब्द संकलन गरिसकेका उनी बिगत ९ बर्षदेखि यस क्षेत्रमा सक्रिय छन् । ‘उनी जीवनमा आउनुअघि एकवटा गीतमा मात्र शब्द संकलन गरेको थिए, पछि उनको निरन्तर साथ र हौसलाले यहाँसम्म आएको हुँ,’ उनि थप्छन । ‘तिमलाई माया गर्छु’, ‘सुनकोशीको’, ‘सुनकिन्न सक्ने’, ‘कसलाई यहाँ’ जस्ता चर्चित गीतमा उनकै शब्द छन् ।
त्यस्तै अब बजारमा आउँदै गरेको ‘जब तिम्रो याद आयो’ ‘तिमलाई घात गरेपछि’ पनि उनकै शब्द संकलनका गीत हुन । अब त उनले यहि क्षेत्रलाई नै आफनो भविष्य सम्झेर निरन्तर यहि क्षेत्रमै लागिरहेका हुन्छन । निरन्तर श्रीमतीको हौसला र साथले गर्दा अगाडि पाइला चाल्न सहज भएको उनी बताउँछन । ‘म यहाँसम्म आउनुको श्रेय भनेकै मेरी उनी हुन’ उनले भने ।















प्रतिक्रिया