३ कार्तिक २०८३, मंगलबार

राजधानीमा कति छन् पेसेवर चोर ? ६० जना चोर हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chor 1काठमाडौं, २ असार । उपत्यकामा पाँच सयभन्दा धेरै पेसेवर ‘चोर’ रहेको अनुमान छ ।

यसमध्ये करिब ६० जना प्रहरी हिरासतमा छन् । १२ वैशाखको भूकम्पयता महानगरीय अपराध महाशाखाले मात्र ५० जना चोरीका अभियुक्त पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

पक्राउ परेका केही जेलमा छन् । तर, ठूलो संख्यामा चोरीका अभियुक्त पक्राउ परे पनि चोरीका घटना नियन्त्रण हुन सकेको छैन ।

सयभन्दा धेरै पाकेटमारहरुको समूहसमेत राजधानीमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा विभिन्न चोरका समूह सक्रिय हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।

दिउँसो चोर्ने, राति चोर्ने तथा केही सिक्री तान्ने त केही हतियार देखाएर डकैती गर्ने समूह सक्रिय रहेको जनाएको छ ।