काठमाडौं, २ असार । राष्ट्रिय विपत् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले राहतका नाममा भएका अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
सभामुख सुवास नेम्वाङ सभापति रहेको समितिको मंगलबार बसेको बैठकले यसअघि गठित उपसमितिको निर्णय र सुझावका आधारमा सरकारलाई सातबुँदे निर्देशन दिएको हो ।
समितिको जेठ ३ को बैठकले ५ सदस्यीय उपसमिति गठन गरेको थियो । समितिले नेपाल इन्भेस्टमेन्ट बैंकले नुवाकोटका विद्यालयलाई वितरण गर्न पठाएको ३ सय बन्डल जस्तापाता बिक्रीका लागि काठमाडौं लगिएको सम्बन्धमा भइरहेको छानबिनबारे तीन दिनभित्र जानकारी दिन गृह मन्त्रालयलाई निर्देशन दिएको कान्तिपुर दैनिकले छापेको छ ।
‘विस्तृत छानबिन र अनुसन्धान गरी सबैलाई कारबाही गर्न सिफारिस गर्ने भन्ने जिल्ला दैवी प्रकोप उद्धार समिति, नुवाकोटको जेठ १७ गतेको निर्णय तथा जिल्ला प्रशासन कार्यालय, नुवाकोटको जेठ २१ गते प्राप्त पत्रअनुसार अनुसन्धान भइरहेको भनिएकोमा’, समितिको निर्देशनमा छ, ‘उक्त अनुसन्धान कार्य के भयो ? अनुसन्धान कार्य सम्पन्न भयो भएन ? अनुसन्धान सम्पन्न नभएको भए कानुनबमोजिम अविलम्ब सम्पन्न गरी त्यसको तीन दिनभित्र जानकारी गराउनू ।’















प्रतिक्रिया