३० आश्विन २०८३, शुक्रबार

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक ढकाल स्पेन प्रस्थान

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न आज स्पेनको एलिकान्टे प्रस्थान गरेका छन् ।

विश्व तेक्वान्दोको आयोजनामा हुने प्रतियोगिता यही चैत २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । उनले ग्योरोगीमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । ढकालाई पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद आचार्यलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

ग्यारोगी विधाका अन्तर्राष्ट्रिय रेफ्री ढकालले जर्मनी, अस्ट्रेलिया, बेल्जियम, पाकिस्तान, मेक्सिको, फ्रान्स, उज्वेकिस्तानलगायत देशमा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

सन् २०१८ मा विश्व तेक्वान्दो महासंघबाट ‘थर्ड क्लास अन्तर्राष्ट्रिय गेरोगिकोर्स’ र सन् २०१३ मा कुकिवानबट सर्टिफाइड मास्टर्स इन्स्ट्रक्टर कोर्समा उत्तीर्ण भएपछि ढकालले वल्र्ड र्‍याङकिङका प्रतियोगिता खेलाउने मौका पाएका हुन् ।

चीनको बुहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद आर्मी ओलम्पिक प्रतियोगिता (सिज्म्स)मा समेत ढकाल निर्णायक मण्डलमा थिए ।

चीनकै उसी सहरबाट २०७४ सालमा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रेपलाञ्चोकको कुशादेवीका बासिन्दा हुन् । स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।

काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) र जर्मनीको ह्याम्वर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि ढकालले निर्णायकको भूमिका निभाएका थिए । तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेस्ट निर्णायक घोषित भएका थिए ।

ढकाल गत वर्ष चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक बन्न सफल भएका थिए । विश्वका ७९ देशका एक हजारभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा भएको प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए ।