
काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदैछ ।
टियु मैदानमा हुने यो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपाल ‘ए’ले पहिला बलिङ गर्ने भएको छ ।
यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वुल्भ्सले २-१ ले जितेको थियो ।
आजको खेलमा नेपाल ‘ए’को प्लेइङ ११ मा विनोद भण्डारी (कप्तान), अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ सेख, शाहाब आलम, बशीर अहमद, रिजन ढकाल, मौसम ढकाल र कमल सिंह ऐरी रहेका छन् ।















प्रतिक्रिया