३ कार्तिक २०८३, मंगलबार

मापदण्डविपरीत घर बनाउँदै गर्ने, राहतको दाबी पनि नछाड्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gharकाठमाडौं, २ असार । मापदण्डविपरीत धमाधम नयाँ भवन निर्माण भइरहँदा पनि सरकारले कुनै चासो देखाएको छैन ।

उपत्यकालगायत विभिन्न सहरमा असार मसान्तसम्म भवन निर्माण तथा नक्सा पास बन्द गरिए पनि नयाँ भवन बन्ने र तला थप्ने प्रक्रिया रोकिएको छैन ।

स्थानीय विकास मन्त्रालयले भूकम्प गएपछि संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको हो ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा धमाधम भवन निर्माण भइरहेको भन्दै स्थानीयवासीले गुनासो गरेको कान्तिपुर दैनिकले छापेको छ । ‘टोल/टोलमा चार तलासम्म थपिराखेका छन्, सरकारको अनुगमन प्रक्रिया प्रभावकारी भएन’, कुमारीगालका स्थानीय यादव खरेलले भने, ‘अनुगमन प्रक्रिया फितलो छ ।’

स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले नयाँ भवन निर्माण गर्नेलाई कडा कारबाही हुने चेतावनी दिए ।

‘सबै नगरपालिकालाई निर्देशन दिइसकेका छौं, नियम कानुनको उल्लंघन गर्नेलाई कडा कारबाही गरिन्छ’, उनले भने, ‘नगरपालिकाले अनुगमन गर्नुपर्छ ।’

उपत्यकाका नवघोषित नगपालिकामा भवन निर्माण प्रक्रिया रोकिएको छैन । मापदण्डविपरीत घर निर्माण भइरहेका छन् ।

ललितपुर उपमहानगरपालिका वरिष्ठ इन्जिनियर रुद्र गौतमले मन्त्रालयको निर्णय नमान्नेलाई कारबाही गर्ने बताए ।

‘चार तलाको नक्सा पास गरे पनि तत्कालका लागि निर्माण गर्न पाइँदैन, दुई तला मात्र बनाउन पाइन्छ’, उनले भने, ‘कार्यकारीको संयोजकत्वमा ललितपुर उपमहानगरमा अनुगमन टोली बनाएका छौं ।’