३० आश्विन २०८३, शुक्रबार

मलेसियाको मुआरमा प्रवासी नेपाली मञ्च गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prawasi nepali manch 1

मलेसिया मुआर । नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मञ्चले मलेसियाको मुआरमा शाखा विस्तार गरेको छ ।

मलेसियाको जोहोर राज्य स्थित मुआरमा प्रवासी नेपाली मञ्च गठन भएको हो । गत आइतवार मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रकाश भण्डारी र उपाध्यक्ष शेर बहादुर गुरुङको उपस्थिततमा २१ सदस्य मुआर कमिटी गठन भएको हो ।

प्रवासी नेपाली मञ्च मलेसियाको अबिधेशनपछिको यो पहिलो क्षेत्रीय कमिटी हो । नयाँ कमिटी अमृत तामाङको अध्यक्षतामा २१ सदस्य कमिटी तयार भएको हो । एक उपाध्यक्ष् , एक सचिव, एक सह–सचिब, एक जना कोषाध्यक्ष, तेह्र सदस्य र तीन जना सल्लाहकार गरी २१ सदस्यको कमिटी गठन गरिएको मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीले बताए ।

नयाँ कमिटीको उपाध्यक्षमा चक्र राइ, सचिवमा दिनराज पाण्डे, सहसचिवमा राजन लामीछाने, कोषध्यक्षमा जीद कुमार मकटा रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा झपेन्द्र खड्का, शर्मिला कार्की र पुजा लामा रहनु भएको छ ।

सदस्य हरुमा दिल बहादुर क्षेत्री, लिलाराम शर्मा टिकाराम श्रेष्ठ, जितेन्द्र कार्की, टिकमाराम परियार, बिक्रम चौधरी, राम कुमार राई, बिशाल गुरुङ, टिका सिंह गुरुङ, थाम बहादुर राई, राम कुमार मगर र राजकुमार राई रहनुभएको छ ।

कमिटी गठन पश्च्यात बकरीमा आयोजी झक्कास कन्सर्टमाको मञ्चमा सम्पुर्ण पधादिकारी तथा सदस्यहरुलाइ केन्द्रीय अध्यक्ष भण्डारीले दोसल्ला ओडाइ अबिर लगाएर स्वागत गर्नु भएको थिय ।

साथै भणडारीले मुआरका सबै नेपाली श्रमिकहरुलाई ऐकबद्ध गरि आफ्नो हक र अधिकारका पक्षमा प्रवासी नेपाली मञ्च मुआर क्षेत्रीय कमिटी सफल रहोस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।