
काठमाडौं, १८ चैत । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल टाईलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एकएक गोल गरेका थिए ।
त्यसैगरी अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।
यस खेलमा अल टाईका भिर्गिल मिसिडजानले खेलको ३६ औं मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि अल नासरको २५ खेलमा ५९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा अल नासर १२ अंकले पछाडि रहेको छ ।
त्यसैगरी अल टाईको भने २५ खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।








प्रतिक्रिया