१२ श्रावण २०८३, मंगलबार

प्रमोद खरेलको गीतमार्फत अभिनयमा पुरु भण्डारीको डेब्यू

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले म्युजिक भिडियोको अभिनयमा डेब्यू गर्नुभएको छ ।

विभिन्न टेली सिरियलमा अभिनय गरेको अनुभव बटुल्नुभएका पुरुको यो पहिलो म्युजिक भिडियो हो ।

चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा पुरुले शिल्पा पोखरेल र दिनेश कठायतसँग अभिनय गर्नुभएको छ ।

भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ ।

गीतमा आरके परियारको शब्द तथा संगीत रहेको छ ।