३० आश्विन २०८३, शुक्रबार

रुपन्देही सेवा समाजले यूएईमा तेरिया मगरलार्इ सम्मान गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teriya-magar

यूएई । इण्डियन लिटिल आइडल विजेता तेरिया फौजा मगरलाई यूएईमा रुपन्देही सेवा समाजले सम्मान गरेको छ ।

आईतबार युएईको बर दुबईमा रहेको सिल्वर स्पोन रेस्टुरेन्टमा एउटा कार्यक्रम आयोजना गरि रुपन्देही सेवा समाज यूएईले रुपन्देहीको हरैया बस्ने लिटिल आईडल विजेता तेरिया फौजा मगरलाइ खादा ओडाएर प्रमाण पत्रले सम्मान गरेको हो ।

उक्त कार्यक्रमको सभापति सस्थाका अध्यक्ष्य बिष्णु सापकोटा रहेका थिए । कार्यक्रममा बिशेष अतिथि फौजा मगर रहेकी थिईन भने अतिथिमा पत्रकार महासंघ यूएई साखाका अध्यक्ष अर्जुन दाहाल, उपाध्यक्ष त्रिलोचन कोइराला, लाल बहादुर देंगा, डेरराज गुरुङ, राजु सिंजाली मगर, लक्ष्मण भण्डारी, बिदुर राऊत, दिपा पाण्डे तथा समाजसेवी बुद्धिजीवीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।

हरि चापागाईको मन्तब्यबाट सुरु भएको कार्यक्रममा अर्जुन दाहाल र बिष्णु सापकोटाले मन्तब्य दिएका थिए अन्तमा बिशेष अतिथिले रुपन्देही सेवा समाजले सम्मान गरेकोमा नेपाल मै भए जस्तो लागेको भन्दै नेपाल कि छोरी हु भन्ने गीत गाएर मनोरञ्जन पनि दिएकी थिईन ।