दोहा । गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकाल २०१५–२०१७ का लागी विगत लामो समय देखी कतारमा कार्यरत समाजसेवी तथा एनआरएनए कतारका परिषद सदस्य नन्द प्रसाद ढुङ्गानाले महासचिव पदका लागी उम्मेदवारी घोषणा गरेका छन ।
उनले कतारमा कार्यरत नेपालीहरुलाई एकवद्ध बनाई एनआरएनए कतारलाई नयाँ उचाईमा पुर्याउनका लागी युवाहरु घनिभुतका साथ लाग्नु पर्ने बताउँदै समाज परिर्वतनका गर्न व्यक्तिगत सोच परिर्वतन हुनु आजको आवश्यता रहेको बताए । उनले विभिन्न भाषा, धर्म, संस्कृती र मानवीय सहयोगलाई अग्र स्थानमा सम्मान गर्दै समस्याको बाटो पैलाएर समाधानका लागी आत्मसाथ गर्दै अघाडी बढ्ने प्रतिवद्धता समेत गरेका छन ।
उनी मातृभुमिका लागी युवा अभियान नेपालका संस्थापक सह–सचिवको जिम्मेवारी सम्हाल्दै विभिन्न सामाजिक संस्थाहरुमा अग्रसर रहदै आईरहेका छन । कतारको प्रतिष्ठित कम्पनी अरवियन एमईपीको स्वास्थ्य, सुरक्षा तथा वतावरण अधिकृतको रुपमा विगत ८ बर्ष देखी कार्यरत छन ।
उनले आफ्नो उम्मेदवारीका एजेण्डाहरु एवं उद्देश्यहरु प्रष्टाउदै समय सापेक्ष साझा सस्थामा नयाँ अनुहारको समेत आवश्यकता रहेको बताए । उनले सबै जाती, धर्म, क्षेत्र तथा लिङ्ग लगायत कतारमा रहेका गैर आवासिय नेपालीहरुको साझा उम्मेदवारमा आफुलाई उभ्याएको बताउँछन ।
कतारमा कार्यरत श्रमिकहरुको हकहित, अधिकार र समस्या निराकरणको हर सम्भव प्रयास गर्ने, साँझा संस्थामा रहेर आम गैर आवासिय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुदै सम्वृद्ध समाजको स्थापना गर्ने, कतारमा रहेको नेपालीहरु बीचको कुरिती, विसंगती तथा विकृति विरुद्ध क्रियाशिल रहने, गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारको सम्पुर्ण विवरण सुरक्षित तवरले व्यवस्थापन गर्ने, संस्थाको सांगठानिक जिवनमा गरेका उपलब्धिहरुलाई ईतिहासको रुपमा सुरक्षित राख्ने, कतारमा रहेका पेशाकर्मी, बुद्धिजिवी तथा समाजसेवीहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने र साझा संस्थामा रहेर सामाजिक क्षेत्रमा बटुलेका अनुभवलाई नेपालीहरुको हितको लागी उपयोग गर्ने जस्ता एजेण्डाहरु ढुङ्गानाले अघी सारेका छन ।
उनले कतारमा कार्यरत परिषद सदस्य हरु समक्ष विशेष सहयोग र समर्थनको अपेक्षा गर्दै उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनले आफ्नो सामाजिक चाहाना पुरा हुनुमा कतारमा कार्यरत सम्मानजनक हातहरुमा निर्भर रहने बताउँदै सबैको माया नै समाज परिवर्तन गर्ने सौभाग्य रहने बताएका छन ।
एनआरएनए कतारमा २०१५–२०१७ का लागी लगभग ३ हजार परिषद सदस्यको आवेदन परेका छन । यता सोही कार्यकालका लागी विभिन्न पदमा उम्मेदवार दिनेहरुको पनी लहर चलिरहेको छ ।
















प्रतिक्रिया