२४ असार २०८३, बुधबार

फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११ गते रिलिज हुने भएको छ ।

मिलन चाम्स निर्देशित फिल्ममा एञ्जिला नै फिल्ममा प्रमुख भूमिकामा हुनुहुन्छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहेको छ ।

प्रेमकुमार श्रेष्ठ निर्माता रहेको फिल्ममा प्रेमको पनि अभिनय छ ।

फिल्म एञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौंमा छायाङ्कन गरिएको छ ।

निर्देशक चाम्सले एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उहाँले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा देखाइने बताउनुभयो ।

‘सफल खेलाडी बन्नु अघि एञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ ।’ उहाँले भन्नुभयो । उहाँले ७५ प्रतिशत एञ्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताउनुभयो ।