– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको कोलोराडो राज्यको सर्बोच्च अदालतले कुनै पनि मालिकले आफ्ना कर्मचारीले गाजा खाएको पाईएमा निलम्बन गर्न सक्ने छन् भनी फैसला गरेको छ ।
कोलोराडो राज्यमा चिकित्सकको निर्देशन अनुसार ओखतीको रुपमा गाजाको प्रयोग गर्न पाइने भएपनि सर्बोच्च अदालतले कोलोराडो राज्यमा कानुनी मान्यता भएता पनि त्यो राज्यको कानुनलाई खारेजी गरि दिएको छ ।
कोलोराडो निवासी घाँटीदेखि मुनि पूर्ण रुपमा शरीर पक्षघात रहेका ब्रानडन कोट्सलाई काम गर्ने ठाउमा प्रतिष्ठानको नियम अनुसार नशालु पदार्थ सेवन सम्बन्धि परीक्षण गर्ने क्रममा उनले गाजा खाएको पाईएकोले हटाईएको हो ।
र उनी डिस नेटवर्कका कर्मचारी थिए भने कोलोराडोमा सन् २००० देखि नै गाजा प्रयोग गर्न कानुनी मान्यता छ । ब्रानडन कोट्सले काममा कहिले सेवन नगरेको बताएका छन् ।
तर प्रतिष्ठानको जिरो टोलेरेन्स (सुन्य सहिष्णुता) को नीति रहेकोले गाजा अझ पनि (फेडेरल) संघीय स्तरमा गैर कानुनी मानिन्छ । आफ्ना कर्मचारीले कुनै कारण पनि गाजा सेवन गरेकोले बर्खास्त गरेको जनाएको छ ।
कोलोराडोको कानुनले आफ्ना कर्मचारीलाई सुरक्षित गर्छ भने तर अदालतले गाजा सेवन गर्न पाउने कानुनलाई खारेजी गरि दिएको छ । उक्त राज्यमा नेपालीहरु पनि गाजाको प्रयोग गर्छन् ।
















प्रतिक्रिया