काठमाडौं, १ असार । भूकम्पपीडितलाई विदेशीले दिएको अनुदानको ठूलो हिस्सा उनीहरु आफैंले विभिन्न नाममा सिध्याएको सरकारी अध्ययनले औंल्याएको छ ।
गृहमन्त्रालयले विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदानको ठूलो अंश दातृ राष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाले आफ्नै जनशक्तिमा खर्च गरेकाले वास्तविक पीडितसम्म नपुगेको निष्कर्ष निकालेको नागरिक दैनिकले समाचार छापेको छ ।
गृहले तयार पारेको ‘गोरखा भूकम्प २०७२ः खोज,उद्दार तथा राहतको एक महिनाको प्रारम्भिक प्रतिवेदन’ मा राहत वितरण र विभिन्न अध्ययन , अनुसन्धान तथा उच्चस्तरीय भ्रमणका नाममा थुप्रै दातृ राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाले अनावश्यक जनशक्ति विदेशबाट ल्याउने क्रम नरोकेको समेत उल्लेख छ ।
गृहले अनावश्यक जनशक्ति रोक्न तत्काल पहल गर्नुपर्ने पनि प्रतिवेदनमा औंल्याएको छ ।















प्रतिक्रिया