काठमाडौं, १ असार । भूकम्पपछि एक महिनासम्म सबै शैक्षिक संस्थामा पठनपाठन पूर्ण रूपमा बन्द भए पनि राजधानीका केही निजी विद्यालयले त्यस अवधिको शिक्षण शुल्कसँगै यातायात र अतिरिक्त क्रियाकलाप शुल्क पनि असुल्न थालेका छन्।
उनीहरूले बन्दका बेलाको बिल विद्यार्थीमार्फत अभिभावकलाई पठाएका छन्। बन्दका बेला विद्यार्थी स्कुल गएनन् तर बिलमा यातायात र अतिरिक्त क्रियाकलाप शुल्क पनि राखेर पठाइएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सामान्य नैतिकतालाई समेत ध्यानमा नराखी विद्यालयले पैसामात्र असुल्न खोजेको भन्दै अभिभावक आक्रोशित छन्।
बानेश्वरस्थित मिल्सबेरी स्कुलले जेठ २४ को मितिमा पठाएको बिलमा वैशाख महिनामा पढाइ नभए पनि यातायात शुल्कका नाममा तीन हजार रुपैयाँ राखिएको छ। मिल्सबेरी महँगो शुल्क लिने स्कुलका रूपमा परिचित छ।















प्रतिक्रिया