३ कार्तिक २०८३, मंगलबार

गर्भ रोक्न आकस्मिक गर्भनिरोधक चक्कीको बिक्री बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva Nirodhak Aausadhiकाभ्रे, १ असार । भूकम्पपछि त्रिपाल र टहरामा बस्दै आएका बेला असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्ने बढेका छन् ।

गर्भ रोक्न आकस्मिक गर्भनिरोधक चक्कीको बिक्री बढ्दै गएको काभ्रेका स्वास्थ्यकर्मीले बताए।

बनपास्थित चण्डेश्वरी मेडिकल हलका असिन वैद्यले भने, ‘भूकम्पअघिको तुलनामा अहिले आकस्मिक गर्भ रोक्न चक्की (औषधि) को प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। परिवार नियोजनका अन्य साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको छ।’

उनका अनुसार चक्की किन्न पसलमा दैनिक १५ देखि २० जना आउने गरेका छन्। ‘अधिकांश एक साताको ग्याप राखेर दोहोस्याएर आउने गरेका छन्’, उनले भने, ‘औषधि लिन २० देखि २५ वर्ष उमेर समूहका महिला बढी आउने गरेका छन्।’

स्वास्थ्यकर्मीका अनुसार विशेषगरी उच्चमावि तथा क्याम्पसमा पढ्ने उमेर समूहका युवतीलेअसुरक्षित शारीरिक सम्बन्धबाट रहेको गर्भ हटाउन गर्भनिरोधक चक्की प्रयोग गर्ने गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको  छ ।

गर्भनिरोधक आकस्मिक चक्की पानपसलदेखि होटेलसम्म पाइने भएकाले यसको प्रयोग सहज भएको औषधि पसले बताउँछन्।

धुलिखेल, पनौती, बनेपा र पाचँखालका बजारमा यस्तो औषधि बढी बिक्री हुने गरेको छ।

गर्भ रोक्न इकोन, आइपिल, अनवान्टेड, ई ७२ म्याक्स, एमटीपी प्रिग्नो एमटिपिल्सलगायत चक्कीको प्रयोग बढेको छ। बजारमा गर्भनिरोधक चक्की ८० देखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।