३ कार्तिक २०८३, मंगलबार

जहाँ संविधान बनाउने नाममा कर्मचारीले यति धेरै तलवभत्ता बुझ्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod15काठमाडौं, १ असार । सभासदले मासिक कति तलवभत्ता बुझ्छन् ? धेरैलाई थाहा होला र संसद सचिवालयका तल्लो तहका कर्मचारीले बुझ्ने तलवभत्ता सुन्ने जो सुकैले जिब्रो काट्छन् ।

किनकि, सचिवालय आफैँले निर्णय गर्न पाउने संसद कर्मचारीको तलबभक्ता अन्य निकायमा कार्यरत निजामती कर्मचारीको भन्दा अत्यधिक बढी रहेको नागरिक दैनिकले समाचार छापेको छ ।

यहाँसम्म कि सभासदको तलबभक्ता भन्दा बढी संसदका कार्यालय सहयोगीले बुझ्छन् ।

संसदका सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता दैनिक ६ सय खाजा भक्ता र विदाको दिनको ७ सय ५० रुपैयाँ खाजाभक्ता भुक्तान गर्छ ।

सभासदको मासिक तलव ४० हजार १ सय ६० छ तर संसद कार्यालयका सहयोगी मासिक ४१ हजार ३ सय ६४ बुझ्छन् ।