३० आश्विन २०८३, शुक्रबार

गायनदेखि कम्पोजरसम्म भण्डारीको यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeevan-bhandari (1)– सुशिल नेपाल
काठमाडौं । चिरन्जीबी भण्डारीलाई नचिन्ने शायदै कमै होलान । उनी मोफसलबाट संघर्ष गररे गायन यात्रामा चर्चाको शिखरमा पुगेका आशालाग्दा कलाकार हुन ।

उनी एक कुशल गायक हुन नै संगीतकारका रुपमा पनि परिचित हुन थालेका छन । रुपन्देही स्थायी घर भएका भण्डारी रुपन्देहीमै संगीत प्रशिक्षण लिई संगीत क्षेत्रमा प्रवेश गरेका हुन् ।

हाल राजधानीमा रहेर संगीत क्षेत्रमा भविष्य बनाउन खोजिरहेका भण्डारी संगीतकारका रुपमा पनि आफनो नाम चर्चामा ल्याउन खोजिरहेका छन् । गायक चिरन्जीवीले नेपालका धेरै ठाउँमा भएको कार्यक्रममा धमाका मच्चाइसकेका छन ।

भर्खरै केहि दिन अघी उनको संगीतमा चर्चित गायक प्रमोद खरेलले गीत गाएका छन भने केहि समय अगाडी चर्चित गायक शिव परियारले पनि स्वर भरिसकेका छन् । अहिले नेपाली संगीत बजारमा उनको संगीत चर्चाको विषय बनेको छ । चर्चित गायकहरुले पनि आफनो प्रशंसा गर्न थालेको उनी बताउँछन् ।

संगीतक्षेत्रमा लागेर केहि गर्छु भन्नेहरुको जमात अहिले संगीतक्षेत्रमा निकै बाक्लो देखिन्छ । कोहि पैसाको भरमा गायक बन्न खोज्छन् त कोहि अरुको संगीत चोरर संगीतकार बन्न खोज्छन् तर ति व्यक्ति केहि दिनका मात्र पाहुना हुन भन्दा फरक नहोला । संगीतक्षेत्रमा लाग्न त्याग आवश्यक छ, अध्ययन आवश्यक छ । अनि मात्र एउटा सफल गायक, संगीतकार बन्न सकिन्छ भन्छन भण्डारी ।