ट्युनिस, ३२ जेठ । ट्युनिसियाको मध्य भागमा सोामबार भएको एक झडपमा तीन ट्युनिस प्रहरी र एक संदिग्ध जिहादीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
सिदी आली बेन ओउनहमा मोटरसाइकलमा आएका आतङ्ककारीले राष्ट्रिय सुरक्षा बलका सदस्यमाथि विद्युतीय धराप थापेर आक्रमण गरेका मन्त्रालयका प्रवक्ता मोहमद अलि आरोवीले एएफपी समाचार समितिलाई जनाएका छन् ।
सो आक्रमणमा एक आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य एक घाइते भएको जनाइएको छ । ट्युनिसियामा जिहादीहरुको आक्रमणमा सुरक्षा बलका दर्जनौँ सदस्यको मृत्यु भएको छ । रासस/एएफपी















प्रतिक्रिया