१ कार्तिक २०८३, आइतबार

टी–२० सिरिजमा आयरल्याण्डविरुद्ध अफगानिस्तानको जित

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो ।

सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२० मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । आयरल्याण्ड भने १७.२ ओभरमा ९८ रनमा रोकिन पुग्यो ।

पहिला ब्याटिङ गर्दा अफगानिस्तानका इब्राहिम जर्दानले ७२ रनको नटआउट पारि खेले । उनले ५१ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यसैगरी मोहमद इसाकले २७ रन जोड्दा सेदुल्लाह अटलले १९ रन बनाए ।

आयरल्याण्डका सात खेलाडीले एकएक विकेट हात पारे ।

लक्ष्य पछ्याएको आयरल्याण्डको सुरुआत राम्रो भएन । लगातार विकट पतन हुँदा १७.२ ओभरमा आयरल्याण्डको पुरै टिम ९८ रनमा रोकियो । आयरल्याण्डका लागि कर्टिस काम्फरले सर्वाीधक २८ रन बनाउँदा ग्रेथ डेलेनीले २१ रन जोडेका थिए । हेरी टेक्टर १६ रनमा आउट हुँदा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाइले सर्वाधिक ४ विकेट लिँदा नभिन उल हकले तीन विकेट हात पारे ।