३० आश्विन २०८३, शुक्रबार

जोन अब्राहमकी हिरोइनको व्यापारीसँग ‘यौन बार्गेनिङ’ नमिलेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

leena-paul-9-7-556d9eb153233_exlstमुम्बई । बलिउड अभिनेता जोन अब्राहमको फिल्‍म ‘मद्रास क्याफे’ र मलयालम फिल्म ‘रेड चिलीज’ जस्ता फिल्ममा का गरिसकेकी एक बोल्ड हीरोइनलाई एक पटक फेरि प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मात्र होइन, उनका कथित प्रेमी सुकेश चन्द्रशेखरलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । मुम्बई प्रहरीका अनुसार दुबैमाथि गम्भीर प्रकारको आरोप छ ।

यी हीरोइनको नाम लीना पाल हो । यिनका आमाबुबा दु‌बईमा बस्दै आएका छन् । यिनले डाक्टरी कोर्स पढेकी छिन् तर पढाईपछि डाक्टर बन्नुको सट्टा यी मोडल बनिन र भारत आइन् ।

भारतमा बलिउडको नशा चढ्यो र हिरोइन बन्न कसरत गरिन् । त्यसका लागि विभिन्न काम गर्न थालिन । तब उनीमाथि आफ्नो प्रेमीको पत्नी बनेर गलत कामको दोष लगाइयो । तर यो पटक उनी घटनामा सिधै संलग्न छिन् ।

प्रहरीका अनुसार यी हिरोइनले आफ्ना प्रेमीसँग मिलेर करिब १० करोड रुपैयाँ ठगी गरेकी छिन् । यी हिरोइनले प्रेमीसँग मिलेर वित्तीय सस्था खोली व्यापारीलाई विभिन्न प्रलोभन देखाएर गठी गर्दै आएकी थिईन् ।

यति सम्मकी व्यापारीलाई आफ्नो बैंकमा तान्न यौन बार्गेनिङ समेत भएको थियो । तर त्यस अनुसार हिरोइनले व्यापारीसँग सम्पर्क नराखेपछि उनीविरुद्ध परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । एजेन्सी