काठमाडौं, २३ जेठ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई एमाओवादी विभाजनको अन्तिम तयारीमा लागेका छन् ।
संविधान नबनेसम्म एकीकृत माओवादीमै रहने मनिस्थितिमा रहे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी गरेका कारण भट्टराईलेले समानान्तर पार्टी संगठन निर्माण गरेका छन् । भट्टराई पक्षको गोप्य भेलाले समानान्तर पार्टी गठनसहित कार्यविभाजनसमेत गरेको छ । भट्टराई पक्षको गोप्य सर्कुलर अनुसार नेता भट्टराईले पार्टी अध्यक्षसहित सरकार, संविधानसभा र आथिर्क विभाग प्रमुखको जिम्मेवारी लिएका छन् ।
भट्टराईपछि दोस्रो वरियता छन्, टोपबहादुर रायमाझी । उनले सदन र राजनीतिक परिचालनको जिम्मेवारी लिएका छन् । नेता देवेन्द्र पौडेललाई महासचिवको भूमिकामा संगठन विभाग प्रमुख बनाइएको छ ।
यस्तो छ कार्यविभाजनः
बाबुराम भट्टराई- पार्टी अध्यक्षसहित सरकार, संविधानसभा र आर्थिक विभाग प्रमुख
टोपबहादुर रायमाझी- सदन राजनीतिक परिचालनको जिम्मेवारी
देवेन्द्र पौडेल- महासचिव र संगठन विभाग प्रमुख
हिसिला यमी- नेवा राज्य संयोजक, महिला र व्यवस्थापन प्रमुख
नवराज सुवेदी- पश्चिम, मगरात, थारुवान र वुद्धिजिवी मोर्चा
गंगा श्रेष्ठ- ताम्शालीङ, किरात र सांस्कृतिक मोर्चा
प्रभु साह- भोजपुरा, सदन र मधेसी राष्ट्रिय मुक्ति मोर्चा
बामदेव क्षेत्री- अवध र प्रवास
कुमार पौडेल- कोचिला, लिम्बुवान र मजदुर
लीला थापा- मगरात र मगर मुक्ति मोर्चा
रामरिझन यादव- मिथिला राज्य समिति इन्चार्ज र मधेसी मोर्चा
खगराज भट्ट- सेती महाकाली र भेरी कर्णाली
देवेन्द्र पराजुली- जनवर्गी संगठन र शिक्षाको फ्याक्सन इन्चार्ज
वलावती शर्मा- एनजिओ / आइएनजिओ
कल्पना धमला–ताम्शालीङ महिला मोर्चा
हेमराज भण्डारी–किरात / वाइसीएल
सोनामसिंह स्याङतान–ताम्शालीङ / तामाङ मुक्ति मोर्चा
बालकृष्ण ढुंगेल–प्रवास / जनएकता मञ्च
कर्णध्वज केसी–पश्चिम / मगरातरकिसान मोर्चा
देवी खड्का–ताम्शालीङ / महिला
राजेन्द्र किराती–किरात / किरात मुक्ति मोर्चा
खिमलाल देवकोटा–नेवा/ प्रचार–प्रसार
सुशीला श्रीपाली–अवध / दलित मोर्चा
घनश्याम यादव–अवध / मधेसी मोर्चा
चिनक कुर्मी–अवध
देवराज रेग्मी–सेती–महाकाली
कृष्ण शर्मा–तमुवान / तमु मुक्ति मोर्चा
श्री जबेगु–लिम्बुवान / सदन
लीला भण्डारी–थारुवान / थारु मुक्ति मोर्चा
संगठन विभाग
प्रमुख- देवेन्द्र पौडेल
हिसिला यमी
नवराज सुवेदी
गंगा श्रेष्ठ
प्रभु साह
प्रचार–प्रसार
प्रमुख- खिमलाल देवकोटा
बलावती शर्मा
मुक्ति प्रधान
मनऋषि धिताल
अर्जुन थपलिया
उत्पादन तथा निर्माण विभाग
प्रमुख- बामदेव क्षेत्री
लीलबहादुर थापा
खगराज भट्ट
सोनामसिंह स्याङतान
शिव बस्नेत
घनश्याम यादव
लीला भण्डारी
केन्द्रीय कार्यालय
महेन्द्र श्रेष्ठ
फणिन्द्र देवकोटा
राजु नेपाल
भट्टराई पक्षले यसअघि बाहिरिएको मोहन वैद्य पक्षले जसरी नै समानान्तर कमिटीको अभ्यास गरेको हो । भट्टराई पक्षलाई प्रचण्डको निर्देशनमा केन्द्रीय समिति, पोलिटव्युरो र स्थायी समिति र पदाधिकारीमा विजयी बनाइए पनि निर्वाचनलाई नौटंकी र भारदारीसभाको संज्ञा दिएको सो पक्षले निर्वाचन परिणाम स्वीकार गरेको छैन ।














प्रतिक्रिया