
काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको बैठक बसिरहेको छ ।
आजको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न मतदान हुने कार्यसूची रहेको छ । अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहनुभएको छ ।
कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुंगना र समर्थकमा किरणबाबु श्रेष्ठ रहनुभएको छ ।








प्रतिक्रिया