
काठमाडौं, २९ फागुन । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक आज दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेगरी बोलाइएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिदैँ हुनुहुन्छ । त्यसअगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ ।
यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
गठबन्धन दलले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।








प्रतिक्रिया