१ कार्तिक २०८३, आइतबार

पिएनजीलाई नेपालले दियो १९९ रनको लक्ष्य

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । भुर्तेलले ३९ बलमा ५९, जोराले २६ बलमा ५६ रन बनाएका थिए ।

यसैगरी विनोद भण्डारीले २७ रन, विवेक यादवले १९ रन, लोकेश बलले १४ रन बनाए भने आरिफ शेख ४ रन र कप्तान रोहित पौडेल १ आउट भएका थिए ।